बारा । सिंगोल फुटबल क्लव महेन्द्रनगर नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले आयोजक टिमको ‘बी’ टोलीलाई २–० ले पछि पार्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को महेन्द्रनगरमा खेल मैदानमा प्रतियोगिता जारी छ ।
प्रतियोगितामा आज जेवासिसि डुमरवाना र योङ ब्वाई शान्ति टोलबीच खेल हुनेछ ।
महेन्द्रनगर युथ क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको प्रथम टोलीले नगद ५० हजार र दोस्रो हुने टोलीले २५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।