ट्रेन्डिङ

पर्साको ठोरीस्थित वृद्धवृद्धा आश्रममा खाद्यान्न वितरण

बीरगन्ज । उपकार सेवा नेपाल नामक संस्थाले २३ जनालाई दैनिक उपभोग्य वस्तु वितरण गरेको छ । पर्साको ठोरी गाउँपालिकामा संस्थाले उक्त सामग्री वितरण गरेको हो ।

गाउँपालिकाको वडा नम्बर १ भगवानपुरस्थित वृद्धवृद्धा आश्रममा खाद्यान्न सामग्री उपलब्ध गराइएको सामाजिक अभियान्ता प्रकाश थारुले बताए । उनका अनुसार आश्रममा आश्रित अपाङ्ग, असक्त, सुस्त मनस्थिति तथा बालबालिकाहरुका लागि सामग्री उपलब्ध गराइएको हो ।

संस्थाले चामल, दाल ( चना, मुङ्ग, रहर), मिक्स मसाला, धनियाँ, जिरा, बेसार, खुर्सानी, बिस्कुट, चाउचाउ, नुन, खानेतेल, सर्फ, फिनायल, हार्पिक, कपडा धुने साबुन, नुहाउने साबुन, सेनेटरी प्याड। डाइपर, चिउरा लगायतका सामग्री वितरण गरेको हो ।

आश्रम प्राङगणमा एक कार्यक्रमको आयोजना गरी संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमका सदस्य राम बहादुर थिङलाई उक्त सामान वितरण गरे ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै