ट्रेन्डिङ

जलेश्वर अस्पतालमा करोडौँ मूल्यका उपकरण प्रयोगविहिन

महोत्तरी । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा करोडौँ मूल्य बराबरका उपकरण प्रयोगविहिन भएका छन् । अस्पतालमा प्रयोगार्थ खरिद गरिएको दुइ करोड भन्दाबढीका उपकरण अहिले प्रयोगविहिन भएका हुन् ।

अस्पतालका दुई करोड ५५ लाख ५२ हजार मूल्यको उपकरण प्रयोगविहीन बनेको अस्पताल प्रशासनले जनाएको छ ।

चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आइसियु सेट प्रयोगविहीन छन् ।

कोरोना नियन्त्रणका लागि उक्त उपकरण खरिद गरी ५० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो । तर कोरोना महामारीको बेला पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्षजनशक्ति नभएपछि दुई करोड ५० लाख बढीका ती उपकरण प्रयोगविहीन बनेका हुन् ।

मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले दक्ष जनशक्तिको अभावमा उपकरण प्रयोग गर्न नसकिएको स्विकारे ।

हाल अस्पतालमा आईसियु सञ्चालन र विशेषज्ञ चिकित्सक भर्नाको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसँग पहल गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै