बीरगन्ज । पर्सा प्रहरीले ७ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित गोपालगञ्ज थाना महमदपुर ग्राम बस्ने ६५ वर्षका गोगल महतो नुनिया रहेका छन् ।
उनलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बीरगन्ज–१६ शंकराचार्य गेटबाट पक्राउ गरेको डिएसपी किशोर लम्सालले बताए ।
टोलीले उक्त एरिया भइ ओहोरदोहोर गर्ने सवारी साधन तथा पैदल यात्रीहरुलाई जाँच गरेको थियो । सोही क्रममा बीरगन्जबाट रक्सौलतर्फ शंकास्पद रुपले जाँदै गरेका उनलाई जाँच गर्दा गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि लागु औषधसम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।