ट्रेन्डिङ

मधेस प्रदेशको बिकासमा सरकारको ध्यान पुगेन : प्रभु साह

सर्लाही । आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले मधेस प्रदेशको बिकासमा सरकारको ध्यान नपुगेको आरोप लगाएका छन् । आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ अभियानको क्रममा सङ्ग्रामपुरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले प्रदेशको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय क्षेत्रको बिकासमा ध्यान नदिएको उनको आरोप छ ।

प्रदेशका यस्ता क्षेत्रका लागि उचित बजेट विनियोजन गरी बिकास निर्माणका कार्यहरु सञ्चालन गरी त्यसको संरक्षण गर्नुपर्ने आवश्यक रहेको उनले औल्याए ।

पूर्वमन्त्रीसमेत रहेका अधयक्ष साहले सर्लाहीको सङ्ग्रामपुरस्थित लोक आस्थाको केन्द्र सती विहुलाधामको पूर्ण उत्खनन, संरक्षण तथा पुनर्निर्माण सहितको पर्यटकीय पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराए ।

सती बिहुलाधामको दर्शन एवं स्थलगत अवलोकन गर्दै सो क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने बताए ।

सङ्ग्रामपुर स्थित सती विहुलाको गौरवगाथा बोकेको सो ऐतिहासिक, धार्मिक स्थल देशको एक प्रमुख पर्यटकीय गन्तव्य हुनुपर्ने भए पनि राज्यले उपेक्षामा पारेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै