ट्रेन्डिङ

दुइ किलोग्राम सुनसहित रसुवाबाट एक जना पक्राउ

रसुवा । दुइ किलोग्राम सुनसहित रसुवाबाट एक जना पक्राउ परेका छन् । जिल्लाको कालिकाबाट सुनसहित एक जना युवकलाई प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ निवासी वर्ष ३४ का कर्मा सोनाम लामा छन् ।

कालिका गाउँपालिका वडा नम्बर १ स्थित अस्थायी प्रहरी पोस्ट ग्राङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

बागमती प्रदेश–०२–०४३ प २४३४ नम्बरको मोटरसाइकलमा सवार उनी कालिकास्थानतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

उनको साथबाट २ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको रसुवाका डीएसपी केशव भट्टराईले बताए ।

जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा बरामद धातुसहित उनलाई भन्सार कार्यालय टिमुरे पठाइएको डीएसपी भट्टराईले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै