८५ केजी लागु औषध गाँजासहित पर्साबाट तीन जना पक्राउ

बीरगन्ज । पर्साबाट प्रहरीले लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले ८५ केजी लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

बीरगन्ज महानगरपालिका वडा नम्बर १६ बाइपास सडकखण्डबाट लागु औषध गाँजसहित तीन जना पक्राउ परेका पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपालचोक बलेफी गाउँपालिका वडा नम्बर ६ निवासी शान्त शहादुर तिमिल्सिना, मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ बस्ने प्रेम रुम्बा र मकवानपुरकै कैलाश गाउँपालिका वडा नम्बर १ निवासी सूर्य बहादुर मोक्तान रहेका छन् ।

वडा प्रहरी विर्ता, लागु औषध नियन्त्रण ब्यूरो पर्सा, प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले ना ४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकलाई रोकेर जाँच गरेको थियो । सोही क्रममा ट्रकभित्र ४ वटा बोरामा प्लाष्टिकले बेरेर लुकाइछिपाई राखिएको अवस्थामा गाँजा फेला पारेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

गाँजासहित पक्राउ परेका उनीहरुमाथि लागु औषधसम्बन्धि कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै