ट्रेन्डिङ

पर्साको पोखरीया अस्पताललाई ‘प्रादेशिक अस्पताल’ घोषणा गर्ने निर्णय

बीरगन्ज । पर्साको पोखरीया अस्पताललाई प्रादेशिक अस्पताल बनाउने घोषणा भएको छ । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

अस्पताललाई ५० शय्यामा स्तरोन्नती गर्दै प्रादेशिक अस्पताल घोषणा गरिने निर्णय बैठकले गरेको हो ।

हाल १५ शय्यामा सञ्चालित उक्त अस्पतालको स्तरोन्नती गर्दै ५० शय्याको निर्माण गरि सञ्चालनमा ल्याउने निर्णय भएको हो । अस्पतालको स्तरोन्नती पश्चात् मधेस प्रदेश सरकारलाइ हस्तान्तरण गरि सञ्चालनमा ल्याउने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए ।

पर्सा जिल्लाको मध्यबिच भागस्थित पोखरिया नगरपालिमा रहेको उक्त अस्पतालबाट जिल्लाका अधिकांश नागरिकहरुले स्वास्थ्य सेवा लिने गर्दछन् ।

तर नगरपालिकाको मात्र बजेटमार्फत अस्पताल सञ्चालनमा कठिनाई भएको तथा यसको व्यवस्थापनमा असहजता आएको भन्दै नगरप्रमुख प्रधुमन चौहानले स्तरोन्नतीको माग गरेका थिए ।

यसैगरी राष्ट्रिय मुक्ति क्रान्ती नेपालका राष्ट्रिय सदस्य तथा केन्द्रिय नेता नेजामुद्दिन समानीको अगुवाइमा पोखरीया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माग गर्दै धर्नासहितको आन्दोलन समेत गरिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै