ट्रेन्डिङ

कांग्रेसलाई दबाउन खोज्नेहरु आफैँ समाप्त हुन्छन् : बिश्वप्रकाश शर्मा

रौतहट । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका कारण देशमा राणा शासन र राजतन्त्रको अन्त्य भएको बताएका छन्।

रौतहटको ईशनाथ नगरपालिका-७ मा आयोजित पार्टीको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले कांग्रेसलाइ दबाउन खोजे आफैँ समाप्त हुने दाबी गरेका छन् । उनी भन्छन्, ‘नेपाली कांग्रेस आफैँमा ईतिहास बोकेको देशकै ठूलो पार्टी हो । तसर्थ हामीलाइ दबाउन खोज्नेहरु आफैँ पलायन हुँदै जान्छन् ।’

उनका अनुसार देशमा नेपाली कांग्रेस नभएको भए राणा शासन र राजसंस्थाको अन्त्य हुने थिएन । कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भई प्रजातन्त्र स्थापना भएको उनको भनाई छ।

कांग्रेसले राणा र राजा फालेर देशमा इतिहास रचेको पार्टी भएकोले आउँदो मङसिर १६ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मत दिएर विजयी बनाउन उनले सबैलाई आग्रह गरे।

कांग्रेससंग मधेशको विशेष सम्बन्धन रहेको चर्चा गर्दै महामन्त्री शर्माले मधेशको विकास र समृद्धिको लागि कांग्रेसलाई जिताएर अझै मजबूत एवं शक्तिशाली बनाउनुपर्ने धारणा राखे।

मधेश र पहाडमा उस्ता उस्तै समस्या रहेको बताउँदै ती समस्याहरूको निकासका लागि कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए।

रौतहटको ईशनाथ नगरपालिका -७ को वडा अध्यक्ष पदका लागि हुन् लागेको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार शेख अब्दुल खलिकलाई रुख चिन्हमा मतदान गरी निर्वाचित गराउन महामन्त्री शर्माले सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै