ट्रेन्डिङ

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गरे गढीमाईमा पूजा, भने – गढीमाताको दर्शन गर्न पाउनु आफैँमा सौभाग्यपूर्ण छ

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गढीमाई मन्दिरको दर्शन गरेका छन् । बिहिबार बिहान महामन्त्री शर्माले बाराको महागढी नगरपालिकास्थित गढीमाई मन्दिरको दर्शन तथा पूजा गरेका हुन् ।

मन्दिर दर्शनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले मन्दिरमा पूजाआजा गर्न पाउँदा आत्मसन्तुष्टि अनुभुति गरेको बताए ।

विश्वमै चर्चित एवं पवित्र धार्मिक स्थलको रूपमा रहेको गढीमाई माताको दर्शन गर्न पाउनु सौभाग्यपूर्ण रहेको भन्दै उनले गौरवान्वित महसुस भएको बताएका कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।

पाँच वर्ष पछि लागेको गढीमाई मेलालाई सभ्य, भव्य तथा व्यवस्थित रुपले समपन्न गराउन सम्पूर्णमा उनको आग्रह छ । महामन्त्री शर्मा आजै रौतहटस्थित उपनिर्वाचन लक्षित कार्यक्रममा सहभागी हुने प्रदेश प्रचार विभाग प्रमुख गुप्ताले जानकारी दिए ।

उनी रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर–६ र गढ़ीमाई– ८ स्थित पार्टीको घरदैलो कार्यक्रममा सहभागी हुने प्रचार विभाग प्रमुख गुप्ताको भनाइ छ ।

महामन्त्री शर्मा आज कांग्रेसका मधेश सभापति कृष्णा प्रसाद यादवको घर रौतहटको विरनगरामा बास बस्ने कार्यतालिका रहेको बताइएको छ ।

यहि मंसिर १६ हुने स्थानीय तहको उपचुनावका लक्षित गर्दै घरदैलो कार्यक्रममा सरिक हुन उनी मधेस झरेका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै