काठमाण्डौँ । गत असोजमा भारी वर्षापछि आएको बाढीपहिरोका कारण कृषि क्षेत्रमा परेको क्षतिको यकिन विवरण संकलन सुरु भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तथ्यांक संकलन गर्न सुरु गरेको हो ।
बाढीपहिरोले देशभर गरेको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए ।
वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ ।
सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ ।
बाढीबाट ६ अर्बको क्षति भएको मन्त्रालयले अनुमान गरेको छ ।