काठमाण्डौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर उनलाई सिंहदरबारको हिरासतमा राखिएको हो ।
बुधबार म्याद थपका लागि प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । न्यायाधीश माधव प्रसाद अधिकारीले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन् ।
यसअघि साइबरसम्बन्धी मुद्दामा पक्राउ पर्दा अदालतको आदेशले उनलाई अस्पतालमा राखिएको थियो । तर, बुधबार न्यायाधीश माधव प्रसाद अधिकारीले उनलाई अस्पतालमा राख्नेबारे आदेश गरेनन् ।
प्रसाईंका कानुन व्यवसायी र निजी चिकित्सकले उनलाई साँघुरो कोठामा राख्दा संक्रमण हुने र स्वास्थ्यमा समस्या रहेको जिकिर गर्दै अस्पताल राख्न आदेश हुनुपर्ने माग गरे । तर, न्यायाधीश अधिकारीले त्यसबारे आदेश गरेनन् ।