ट्रेन्डिङ

भोली बीरगन्जमा पाँच वर्ष मुनिका बालबालिकालाई ‘स्वर्ण विन्दु’ खुवाइने

बीरगन्ज । बीरगन्जमा पाँच वर्ष मूनिका बालबालिकालाई भोली बिहीबार स्वर्ण बिन्दु खुवाइने कार्यक्रम तय गरिएको छ । प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयले यसबारे जानकारी गराएको हो ।

यस कार्यक्रममार्फत बालबालिकाको प्रतिरक्षा प्रणाली बढ्न मद्दत मिल्ने चिकित्सालयका प्रमुख डा. शिवनारायण गुप्ता बताउँछन् ।

यस्तै कार्यक्रमले बालबालिकाको शारिरिक एवम् मानसिक बिकासमा टेवा पुग्ने बताइन्छ ।

स्वर्ण विन्दु कार्यक्रमले बालबालिकाको मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उनले आ–आफ्नो बालबालिकालाई खुवाउन आग्रह गरे ।

बालबालिकालाई निमोनिया, झाडापखाला, तौल नबढ्नेजस्ता समस्याबाट बचाँउन यसले विशेष भूमिका खेल्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै