ट्रेन्डिङ

मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा ५ मन्त्री नियुक्त गर्दै, शपथ दिउँसो ४ बजे

वीरगन्ज । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको भागमा परेका पाँच मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेका छन्।

आज दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण हुने बताइएको छ।

मुख्यमन्त्री बानियाँले मन्त्रीका लागि कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङको नाम सिफारिस गरेका छन्। यसअघि कांग्रेसबाटै कृष्णकुमार तामाङ खानेपानी मन्त्री बनिसकेका छन्।

प्राप्त जानकारीअनुसार, सुरेश श्रेष्ठलाई युवा तथा खेलकुद, उर्मिला नेपाललाई सामाजिक विकास, कञ्चनचन्द्र वादेलाई आन्तरिक मामिला तथा कानून, प्रभात तामाङलाई आर्थिक मामिला र विनु रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। यद्यपि, मन्त्रालयको जिम्मेवारीमा केही हेरफेर हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ।

यससँगै, यसअघि विनाविभागीय रहेका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले सिफारिस गरेका तीन जना भने मन्त्रीको सूचीमा अटाएका छैनन्। साउन २० गते मुख्यमन्त्री बनेका बानियाँले साउन २७ गते विश्वासको मत लिएका थिए। यसअघि नै नेकपा एमालेबाट ६ जना मन्त्री नियुक्त भइसकेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै