ट्रेन्डिङ

रौतहटमा कागजात नभएका तीन लाख पचास हजार रुपैयाँ बराबरको पाँचवटा मोटरसाइकल बरामद

रौतहट । रौतहटमा कागजात विनाको सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी कागजात विना ।चलाउने सवारीसाधनलाइ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पाँचवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता दीपककुमार रायले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी टोलीद्वारा विभिन्न स्थानमा गरिएको सवारी जाँचको क्रममा ती मोटरसाइकलहरू बरामद गरिएको हो।

मोटरसाइकल कागजात नभएका कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद मोटरसाइकलहरूको अनुमानित मूल्य तीन लाख पचास हजार रुपैयाँ रहेको छ।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय रौतहटमा पठाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै