ट्रेन्डिङ

नक्कली प्रहरी इन्स्पेक्टर सर्लाहीबाट लागू औषधसहित पक्राउ

सर्लाही । सर्लाहीबाट नक्कली प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन ।

आफू नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको झुटो परिचय दिने एकजनालाइ सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्लाको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको झुटो परिचय दिँदै होटल सञ्चालकलाई धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको सर्लाही प्रहरीले पुस्टि गरेको छ ।

सर्लाहीको हरिवन नगरपालिका – ६ का २९ वर्षीय अनुक्रम खरेललाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

सर्लाही प्रहरीका अनुसार बुधबार साँझ करिब पाँच बजे होटलमा आफू प्रहरी अधिकृत भएको बताई अनुचित व्यवहार गरिरहेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।

अनुसन्धानमा उनी नेपाल प्रहरीसँग कुनै सम्बन्ध नभएको पुष्टि भएपछि प्रहरीले शरीर खानतलासी गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध स्पास्मो प्रोक्सिभनका ३ पत्ता (२४ ट्याबलेट) फेला पारेको थियो ।

त्यसपछि प्रहरीले खरेललाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै