वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध ब्राउनसुगरसहित चार जना भारतीयलाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिकाको शंकराचार्य गेट नजिकबाट चार जना भारतीयलाई ब्राउनसुगरसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले भारतीय नम्बरको स्कारपियोबाट २२० ग्राम ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुसंग विशेष सोधपुछ चलिरहेकोले नाम अहिले गोप्य राखिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
प्रहरी प्रवक्ता लम्सालका अनुसार गएराती सबैजनालाई पक्राउ गरिएको हो ।
‘तर अहिले उनीहरुसंग विशेष सोधपुछ चलिरहेको छ,त्यहीकारण कही समयपछि सबै विवरण सार्वजनिक गर्नेछौं,’ उनले भने ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।