ट्रेन्डिङ

वीरगन्जको नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी आर्जु राय विजयी

वीरगन्ज । वीरगन्जको नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु विजयी भएको छ । नेपाल विद्यार्थी संघको उम्मेदवार भन्दा ८ मत बढी ल्याएर अनेरास्वियु विजयी भएको हो ।
अनेरास्ववियुकी आर्जु राय विजयी भएकी निर्वाचन समितिले जनाएको छ । रायले १०३ मत ल्याएकी छन् । उनको निकटम प्रतिद्वन्द्वी पियान्सु श्रेष्ठले ९५ मत ल्याएकी छन् ।
नर्सिङ क्याम्पसको सचिवमा भने नेविसंघ विजयी भएको छ । नेविसंघकी मन्दिरा चिमोररिया विजयी भएकी छन, उनले १०४ मत पाएकी छन् ।
कोषाध्यक्षमा भने अनेरास्ववियुकी आशिका पौडेल बिजयी भएकी छन् । अन्य सदस्यहरुमा ६ जना अनेरास्वियु र एकजना नेविसंघबाट विजयी भएका छन् ।
गत ५ गते स्पवियु सभापतिको लागि वीरगन्ज नर्सिङ क्याम्पसमा चुनाव भएको थियो । तर मतगणनामा धाँधली भएको भन्दै नेविसंघले विरोध जनाएपछि मतगणना रोकिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै