
वीरगन्ज । वीरगन्जको नेशनल इन्फोटेक कलेजका विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन् ।
शुल्क (फि) नतिरको भन्दै कलेजले विद्यार्थीहरुलाइ परीक्षा दिनबाट रोक लगाएको हो ।
परीक्षा दिनबाट वञ्चित भएका विद्यार्थीको संख्या भने अहिले यकिन खुलेको छ । कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले परीक्षा दिन गएको तर फर्किनु परेको गुनासो गरे ।
‘कम्प्युटरको अभ्यास परीक्षा दिनका लागि तयारी गरेर गएको थिँए । १ हजार २ सय २५ रुपैयाँ फि तिर्न बाँकी छ, लेखा विभागका एक कर्मचारीले बाँकी पैसा बुझाउ अनि मात्रै परीक्षा दिन पाउँछ भनेर फर्काए ।’ उनले भने ।
नेशनल इन्फोटेकमा कक्षा १२ को ‘फाइनल प्राक्टिकल एक्जाम’ चलिरहेको छ ।
नेशनल इन्फोटेक कलेजका प्रिन्सिपल मनिष सिंहले विद्यार्थी परीक्षाबाट वञ्चित भएको विषयमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
हामीले फि नतिरेका कारण केहि विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको जानकारी गराउँदा कार्यालयमा आउन नभ्याउने फोनबाट प्रतिक्रिया माग्दा उनले क्याम्पसमै आएर बुझ्न आग्रह गरे ।