ट्रेन्डिङ

चैत ९ मा एमालेको वीरगन्ज महानगरमा जरा अभियान कार्यक्रम, हरेक पार्टीका सदस्यको घरमा पुगेर कार्यक्रममा आउन निम्ता बाँडिदै

वीरगन्ज। नेकपा एमाले वीरगन्ज महानगर कमिटीले जरा अभियान अन्तर्गत महानगरस्तरीय अभिमुखीकरणको गर्ने भएको छ ।

अभिमुखीकरणलाई भब्य बनाउन महानगर कमिटीले महानगर भित्रका सबै पार्टी सदस्यलाई आमन्त्रण पठाएको  छ ।

पार्टीले निम्ता कार्ड छापेरै घर घरमा अभियानसहित निम्ता वितरण गरेको छ ।

पार्टीका सबे वडा कमिटीका साथीहरु निम्ता कार्ड लिएर हरेक पार्टी सदस्यको घरमा पुगिरहनु भएको छ, नेकपा एमालेका महानगर यन्चार्ज बिचारी यादवले भने “पार्टीको आधारभूत तहको कार्यकर्ता बलियो नहुदा सम्म पार्टी बिलयो हुदैन बलिया कार्यकर्ताले पार्टीलाई जनासंग जोडने भएकोले जरा अभियान अन्तर्गत पार्टीका सबै सदस्य परिचालन गर्ने तयारी साथ महानगरले काम गरिरहेको छ ।”

नेकपा एमाले केन्द्रीय कार्यालयले माघ,  फाल्गुण र चैतमहिना भरि जरा अभियान चलाउने निर्णय गरेको छ।

सोही निर्णय अनुसा नेकपा एमालेको जरा टोल टोलमा रहेका पार्टी सदस्यहरु  मजबुत बनाएर राष्ट्रीय शक्तिको रुपमा स्थापित हुन र त्यसमार्फत मिशन ०८४ मा सफल हुन पार्टी अभियानमा जुटिएको महानगर अध्यक्ष राजेन्द्र यादवले बताए ।

अभिमुखीकरण केन्द्रीत भएर नेकपा एमाले वीरगन्ज महानगरकमटिीले वडा कमिटीका बैठकहरु संचालन गरिरहेको छ ।

निम्ता कार्ड हरेक पार्टी सदस्यको घरमा पुगेर निम्ता दिने अभियान चलाईरहेको छ ।

पार्टीका महासचिवको तस्विर अंकीत पोस्टर समेत बनाएर शहरका भित्ताहरुमा टाँसेको छ ।

अभिमुखीकरणलाई ठोस प्रभावकारी र गुणात्मक बनाउनकालागि पार्टी पंक्ति हरेक रुपमा क्रियाशिल भएको नेकपा एमालेका नेता नवराज शर्माले बताए ।

पार्टीका महासचिव उपस्थित भएर पार्टीको अहिलेको कार्यभार भविष्यको योजना समसामयीकर राजनीतिक षियमा महत्वपूर्ण बिचार राख्ने कार्यक्रम भएकोले कार्यकर्ता पंक्तिमा पनि उत्साहको संचार भएको शर्माको भनाई छ ।

नेकपा एमालेका बिरुद्ध चारै तर्फबाट भएको घेराबन्दी  अहिले पनि बिभिन्न रुपमा कायमै रहेको बेला राष्ट्रीय शक्ति निर्माणको संकल्प लिएर अगाडि बढ्न महानगरले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमले खास अर्थ राख्ने नेकपा एमाले पर्साका लेखा समितिका अध्यक्ष शिवजी गुप्ताको भनाई छ ।

महानगरले चैत ९ गते वीरगन्ज क्लासिक ब्यांक्वेटमा कार्यक्रमको आयोजना गरेको छ ।

पार्टीका महासचिव शंकर पोख्रेलले सम्बोधन गर्ने कार्यक्रम रहेको इन्चार्ज यादवले बताएका छन ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै