ट्रेन्डिङ

मधेस गृहमन्त्री लेखीको पिएसओ (अङ्गरक्षक) यादवको मृत्यु

जनकपुर । मधेश सरकारको गृहमन्त्रीको सुरक्षाका लागि खटिएका अंगरक्षकको मृत्यु भएको छ ।

अस्पतालमा उपचारको क्रममा गृहमन्त्री राजकुमार लेखीको सुरक्षाका लागि खटिएका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असइ) को मृत्यु भएको मधेस प्रहरीले जनाएको छ ।

गृह संचार तथा कानुन मन्त्री लेखीको सुरक्षामा खटिरहेका असई वीरेन्द्रकुमार यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

मधेस प्रहरीका अनुसार हिजो राती उनको पेट र छाती दुख्न थाल्यो, त्यसपछि हामीले उनलाई पहिला स्थानीय गोदावरी अस्पतालमा भर्ना ग¥यो ।

तर त्यहाँको उनको उपचार हुन सकेन । त्यसपछि थप उपचारको लागि उक्त अस्पतालले रेफर गरेपछि उनलाई नोबेल अस्पताल विराटनगरमा लगिएको मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले बताए ।

विराटनगर नोबेल अस्पतालमै उपचारको क्रममा हिजो राती उनको मृत्यु भएको डिआइजी आचार्यले बताए ।

सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै