ट्रेन्डिङ

गैर आवासीय मधेशी संघ युएई पाँचौं महाधिवेशन सम्पन्न, अध्यक्षमा बाराको अंसारी चयन

युएई । विश्वभरी छरिएर रहेका मधेशीहरूको छाता संगठन अन्तर्राष्ट्रीय समिति गैर आवासीय मधेशी संघ (एनआरएमए) युएई शाखाको पाचौं महाधिवेशन सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न पाँचौं महाधिवेशनबाट सदाम अंसारीको अध्यक्षतामा २० सदस्यीय युएई समिति नयाँ कार्य समिति चयन भएको हो ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शम्भु महारा, उपाध्यक्षमा शिव दयाल चौधरी, मनोज कुमार साह, प्रमोद राम चुनिएका छन ।

यसैगरी महासचिवमा सूनिल मण्डल, सचिवमा महेश्वर यादव, कोषाध्यक्षमा श्याम साह, सह-कोषाध्य प्रमोद साह, मिडिया कोर्डिनेटरमा प्रमोद पासवानलाइ चयन गरिएको छ ।

सदस्यहरूमा लक्ष्मी साह, जितेश चौधरी, धर्मेन्द्र साह, उपेन्द्र राउत, रवी पटेल, रविन्द्र दास, राम नारायण यादव, सत्य नारायण साह, अवधेश मिश्र, उदाय साहलाइ चयन गरिएको छ ।

बैठकले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा वरिष्ठ सल्लाहकार ई. संजय कुमार कर्ण, सल्लाहकार जग नारायण मण्डल, हेमु कर्ण रहेका छन ।

मधेशी समुदायलाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघ (NRMA) अन्तर्राष्ट्रीय समिति को स्थापना ८ सेप्टेम्बर २०१० मा भएको हो ।

गैर आवासीय मधेसी संघ ४४ वटा देशमा फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी सदस्य रहेका छन्।

युएई मलेसिया, कतार , साउदी अरब, कुवैत, भारत र मध्यपूर्वका देशहरुमा NRMA का सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ ।

बिदेशी भूमिमा पनि गैर आवासीय मधेशी संघ एउटा सशक्त, संगठित र प्रभावकारी संगठनको रूपमा देखिएको छ ।

संगठनले आगामी दिनहरुमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाड़ी बढ्दै गरेको युएई समितिको अध्यक्ष सदाम अंसारीले बताए ।

कार्यक्रमको उदघाटन शत्रमा प्रमुख अतिथिको रुपमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै