बारा । टिपरको ठक्करबाट बारामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप दुइ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहटको बृन्दावन नगरपालिका-१ विश्रामपुर बस्ने २० वर्षका सैनिक पटेल भन्ने विशेष कुमार पटेल रहेका छन् ।
महागढीमाई नगरपालिका वडा नम्बर २ ईनर्वास्थित ईनर्वा चौकबाट तेलकुवातर्फ जादैँ गरेको बिआर ०१ एफके ९६४० नम्बरको मोटसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २९६६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका पटेललाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेपश्चात चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडी सवार महागढीमाई-७ रहुवाई बस्ने ३० वर्षका सुशान्त पटेल र महागढीमाई-९ पिपरा बस्ने २१ वर्षका शिव पुजन पटेल घाइते छन् ।
उनीहरुको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले टिपर चालक आदर्शकोतवाल गाउँपालिका वडा नम्बर १ जमुनिया बस्ने राकेश साहलाइ पक्राउ गरेको बताएको छ । पक्राउ परेकामथि सवारी ज्यान कसूर मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।