ट्रेन्डिङ

महाकुम्भ स्नानका लागि हिडेका सर्लाहीको पूर्वप्रधानाध्यापकको भारतमा सवारी दुर्घटनामा मृत्यु

सर्लाही । महाकुम्भ स्नानका लागि जान लागेका सर्लाहीको इश्वर नगरपालिकाका पूर्वप्रधानाध्यापकको भारतमा सवारी दुर्घटनामा मृत्यु भएको छ ।

जिल्लाको ईश्वरपुर नगरपालिका–७ निवासी प्रधानाध्यापक विन्देश्वर सिंहको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको जनाइएको छ ।

महाकुम्भ स्नानका लागि भैरहवा नाकामार्फत भारततर्फ जाँदै गर्दा प्रयागराज नजिक भारतीय भूमिमा गाडी दुर्घटनामा परेर सिंहको मृत्यु भएको हो ।

स्थानीयका अनुसार उनी इश्वरपुर नगरपालिका–३ भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए ।

केही वर्षदेखि बयलवासस्थित पोखरी टोलमा बस्दै उनको स्थायी घर जिल्लाको ब्रह्मपुरी गाउँपालिकाको नोकेल्वा रहेको बताइन्छ ।

आफ्नो परिवारका आठ जना सदस्यसँगै कुम्भ मेलाका लागि भारत प्रस्थान गरेका उनी दुर्घटनामा परेका हुन । तर परिवारको अन्य सबै सदस्य भने सकुशल रहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै