ट्रेन्डिङ

प्रकृति लम्साल मृत्यु प्रकरण : उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवादका लागि आग्रह

काठमाण्डौ । भारतको ओडिसास्थित केआईआईटी कलेजमा मृत भेटिएकी प्रकृति लम्साललाइ न्याय दिन संसदमा आवाज उठेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली छात्रा लम्सालको मृत्युको सम्बन्धमा सांसदहरूले जोडदार रूपमा आवाज उठाएका हुन् ।

रुपन्देहीकी लम्सालको ओडियास्थित केआईआईटी कलेजमा मृत्यु भएको थियो । 

उक्त घटनापछि कलेज प्रशासनले थप नेपालीहरूलाई दुर्व्यवहार गरेको तथा कलेजबाट बाहिर निकालेको विषयको विरोध भइरहेको छ । सोही विषयलाई प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले जोडदार रूपमा उठाइएका हुन् ।

सांसद माधव सापकोटाले  लम्सालको मृत्युसम्बन्धी घटनाको न्यायोचित छानबिनको माग गरे । उनले यसबारे आन्दोलन गरेका विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनले अमानवीय व्यवहार गरेको  समेत बताए ।

साथै उनले सरकारलाई उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवादका लागि आग्रह गरे ।

यसैगरी सांसदहरु ठाकुर गैह्रे, मनिष झा, ध्रुवबहादुर प्रधान, माधव सापकोटा, छविलाल विश्वकर्माले लम्सालको मृत्युबारे कुरा उठाए । उनीहरूले क्याम्पसका प्रशासकहरूको नेपालीप्रति बोलिएको भाषा र व्यवहार आपत्तिजन्य भएको र नेपाल र नेपालीप्रति गरिनुपर्ने न्यूनतम व्यवहार पनि नदेखाएका बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै