ट्रेन्डिङ

मोर्चा बनाउन मधेस केन्द्रित ८ दल छलफलमा

वीरगन्ज । मधेस केन्द्रित दलहरुको बैठक आज बसेको छ । मोर्चा बनाउन सक्रिय मधेस केन्द्रित राजनीतिक दलहरूको बैठक जारी रहेको जनाइएको छ ।

काठमाडौंको अनामनगरमा विभिन्न आठ वटा राजनीतिक दलहरू छलफलको चलिरहेको छ । खासगरी उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, अशोक राई नेतृत्वको जसपा, सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतीशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का नेताहरूबीच छलफल भइरहेको हो ।

केही समययता मोर्चा बनाउने गरी यी राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका हुन । संसद्को हिउँदे अधिवेशन आगामी १८ गतेबाट सुरु हुँदैछ ।

संसद्मा मधेशी दलहरूको उपस्थिति कस्तो बनाउने र मोर्चाका क्रियाकलाप कसरी अघि बढाउने भन्नेबारे छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै