वीरगन्ज । बारा प्रहरीको हिरासतबाट एकजना थुनुवा भागेका छन ।
बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवा भागेको बारा प्रहरीले पुस्टि गरेको छ ।
बारा प्रहरीका अनुसार सिमरा -२ निवासी महेश चौधरी फरार भएका हुन ।
उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता रहेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
उनका अनुसार फोहोर फ्याल्न निकाल्दा उनी फरार भएका हुन ।
फरार चौधरी गएको ९ गते पक्राउ परेको बारा प्रहरीले जानकारी दिएको छ ।
विशेष टोली परिचालन गरेर उनको खोजी कार्य भइरहेको प्रहरी दाबी छ ।