ट्रेन्डिङ

सप्तरी डाक्नेश्वरीका वडाध्यक्ष धिरेन्द्र साहलाई थुनामा पठाउन आदेश

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाध्यक्षलाई थुनामा पठाउन आदेश दिइएको छ । नगरपालिकाको वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्रकुमार साहलाई थुनामा पठाउन आदेश दिइएको हो ।

जिल्ला अदालत सप्तरीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश दीपक धितालको इजलासले उनीसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

नवनिर्वाचित अध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता पारेको सम्बन्धी दुईवटा मुद्दा दर्ता छ । वडा अध्यक्ष साहसहित अर्का आरोपी शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ । गत मंसिर २० गते शपथ ग्रहण समारोहबाटै नवनिर्वाचित वडा अध्यक्ष साह पक्राउ परेका थिए ।

साहसहितको समूहले सन्तोषकी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको उनीहरुमाथि आरोप छ ।

फागुन २०७९ मा डाक्नेश्वरी नगरपालिका–१ माधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी बेपत्ता बनाइएको आरोप छ । नितिशको अवस्था अझैसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै