ट्रेन्डिङ

वीरगन्जमा कुकुरका लागि घर

वीरगन्ज । वीरगन्जका बेवारिसे कुकुरका लागि बासस्थानको व्यवस्था मिलाइएको छ । विभिन्न स्थानहरुमा ड्रम काटेर कुकुरका लागि बासस्थानको व्यवस्था मिलाइएको हो ।

केहि दिनदेखि बढेको चिसोलाई मध्यनजर गर्दै ६ थान ड्रम काटेर बेबारिसे कुकुरका लागि बासको व्यवस्था गरिएको बताइएको छ ।

सोही कार्यक्रम अन्र्तगत आज पुरानो बसपार्क एरियामा दुइ थान, गीता मन्दिर अगाडी २ र जैन भवन रोडमा दुइ थान गरी ६ थान ड्रमको मद्दतबाट बासको व्यवस्था गरिएको महिला समाजसेवी कञ्चन बाहेतीले बताइन् ।

‘महानगरमा अत्यधिक छाडा कुकुरहरु छन्, तिनीहरुलाई कसैले वास्ता गरेका हुदैँनन्, चिसो दिनदिनै बढेको छ, मान्छे आफ्नो बारेमा मात्र सोच्ने गर्दछन् । जनावरको पनि आफ्नो जिवन छ, यत्तिकै मर्न दिन भएन । त्यहि कारण यो कार्यको सुरुवात गरेका हौँ’, उनले भनिन् ।

वडा नम्बर १० मा समेत बासस्थानका लागि ड्रम काटेर कुकुरका लागि घर तयार पारिएको उनको भनाइ छ । त्यहाँ ६० थान उपलब्ध गराइएको उनले जानकारी दिइन् । विस्तारै महानगरका हरेक वडाहरुमा कुकुरलाई सुरक्षित बासस्थानको व्यवस्थापन गरिने लक्ष्य राखिएको बाहेतीले जानकारी दिइन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै