ट्रेन्डिङ

नवनिर्वाचित पत्रकारहरुलाई कांग्रेस मधेस प्रदेश प्रचार प्रसार समितिको सम्मान

धनुषा । नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रसार समितिले नेपाल पत्रकार महासंघको नवनिर्वाचित पत्रकारहरूलाई सम्मान गरेको छ ।

समितिले महासंघको मंसिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित मधेस प्रदेशका आठबाटै जिल्लाका पत्रकारहरुको सम्मान गरेको हो ।

प्रदेशको आठ वटै जिल्लामा नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट निर्वाचित भएका पदाधिकारीहरूको सम्मानमा कार्यक्रम आयोजना गरेको उनले बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले लोकतन्त्रको आधार स्तम्भ नै पत्रकारिता क्षेत्र भएको धारणा राखे । तसर्थ पत्रकारिता क्षेत्र कमजोर भएमा लोकतन्त्र कमजोर हुने उनको भनाइ छ ।

यसैगरी नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति एवं पूर्व मन्त्री वीरेन्द्रप्रसाद सिंहले पत्रकार समाजको ऐना भएकाले समाजलाई विकसित एवं स्वच्छ बनाउन पत्रकारको भूमिका अति नै महत्त्वपूर्ण रहने उल्लेख गरे ।

मधेस सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशलाई अन्य प्रदेशको दाँजोमा समुन्नत बनाउन पनि सञ्चारकर्मीहरूबाट आउने सुझावलाई सकारात्मक रूपमा लिएर अघि बढ्ने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै