ट्रेन्डिङ

वीरगन्ज–३१ को श्री शारदा आधारभूत विद्यालयमा बेञ्च तथा डेस्क हस्तान्तरण

वीरगन्ज । उपकार सेवा नेपाल नामक संस्थाले एक विद्यालयमा सामग्री उपलब्ध गराएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ भेडियाहीस्थित श्री शारदा आधारभूत विद्यालयमा सामग्री उपलब्ध गराएको हो ।

संस्थाले एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई दश थान बेन्च डेस्क हस्तान्तरण गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले बताए । शिव शक्ति घ्यू उद्योगको आर्थिक सहयोगमा सामग्री वितरण गरिएको उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालेश्वर गौरोको अध्यक्षतामा भएको कार्यक्रममा सोही वडाका वडाध्यक्ष जितेन्द्र प्रसाद यादव, उपकार सेवा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, पदमा देवी सरावगी, सुनम बगेडिया, अंकुर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै