ट्रेन्डिङ

दृष्टिविहिनहरुको आश्रयसहितको विद्यालय निर्माणमा प्रदेश सरकारले सघाउने मुख्यमन्त्री सिंहको प्रतिबद्धता

धनुषा । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आश्रयसहितको विद्यालय मधेश प्रदेशको राजधानी क्षेत्रमा निर्माण तथा सञ्चालन गर्ने अभियानमा प्रदेश सरकारले सघाउने बताएका छन् ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका दृष्टिविहीनहरूको एक समूहसँगको भेटमा यस्तो बताएका हुन् ।

मुख्यमन्त्री सिंहले आश्रयसहितको विद्यालयका लागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुपर्ने धारणा राखे ।

‘जनकपुरधाममा गुठीको जग्गा छ । गुठीको जग्गाप्राप्तिमा निकै कठिनाइ हुने हुँदा तत्काल अपांगता भएकाहरूका लागि सञ्चालित कुनै संस्थाको भवनमा दृष्टिविहीनहरूका लागि विद्यालय सञ्चालन गर्ने विकल्पतिर सोच्नुपर्छ,’ उनले  भने ।

उनले दृष्टिविहीनहरूको कल्याणका लागि स्थानीय सरकार तथा स्वयंसेवी संस्थासँग समन्वय गर्ने जनाए ।

मुख्यमन्त्री सिंहसँगको भेटमा दृष्टिविहीनहरूले आफूहरूको बास र शैक्षिक व्यवस्थापनका लागि अघिल्ला प्रदेश सरकारहरूले सुनुवाइ नगरेको गुनासो गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै