पर्साको सखुवाप्रसौनीमा चौथो सिद्धपुर गोल्डकप फुटबल सुरु

वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाँउपालिकामा चौथो सिद्धपुर गोल्डकप फुटबल सुरु भएको छ । गाँउपालिकाको वडा नम्बर १ स्थित सिद्धपुर खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदू भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

श्री वन शक्ति युवा कल्ब सिद्धपुरको आयोजनामा भएको गोल्डकपको उद्घाटन सखुवप्रसौनी गाउँपालिका ६ लखनपुर निवासी नेकपा ९माओवादी केन्द्र० नेता तथा पर्सा निर्वाचन क्षेत्र नं।३ ९क० का प्रदेश सभा सदस्य प्रत्यासी शिवकुमार साह तेलिले गरेका छन् ।

कार्यक्रमको उद्धाटन गर्दै उनले खेलकुदले मनोरञ्जन प्रदा गर्नुका साथै अनुशासित बनाउने धारणा राखे ।

उनी भन्छन्, ुखेलले हाम्रो जीवन शैलीलाई अगाडी बढाउने काम गर्छ । यस्तै खेलकुदबाट स्वस्थ्यलाई तन्दुरुस्त बनाउन सकिन्छ ।ु

खेलकुदकै कारण आज मधेस प्रदेशको नाम देश तथा बिदेशमा फैलिएको बताउँदै उनले यसको बिकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगिताको उद्धाटन खेलमा बकुलिया बारा बिजयी भएको छ । उसले निचुँटा पर्सालाई २(१ ले पराजित गरेको हो ।

प्रतियोगितामा ८ वटा टोलीको सहभागीता छ । पुष १४ गतेसम्म प्रतियोगिता चल्ने आयोजकले जनाएको छ ।

खेलमा प्रथम हुने टिमलाई सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद १० हजार तथा उपबिजेतालाई ५ हजार ५०० वितरण हुने आयोजक टिमले जनाएको छ ।

पुर्व गाबिस अध्यक्ष लालदेव महतो उरावको अध्यक्षतामा भएको कार्यक्रममा इप्रका एकटङगा प्रमुख साई योगानन्द साह, सशस्त्र प्रहरी बल बागेश्वरी तित्रवना प्रमुख चयमनारायण महतो, पुर्व वडा सदस्य रामा खा थारु, पारश महतो, शिवनाथ थारु, नेकपा ९माओवादी केन्द्र० का प्रदीप चौधरी, हटन चौधरी, बिगा महतो, सिकेन्द्र सहनी, बमबहादुर पन्डित लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै