वीरगन्ज । संघ सरकारका खानेपानी मन्त्री प्रदीप यादवले ‘एक घर, एक धारा’ को राष्ट्रिय लक्ष्य पूरा गर्न सरकार लागि परेको बताएका छन् ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जको अनुगमन तथा निरिक्षण गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
उनले नागरिकप्रति जनमुखी एवं उत्तरदायी भएर खानेपानीका क्षेत्रमा काम गर्न निर्देशन समेत दिएका छन् । उनी भन्छन्, ‘नेपाल सरकारको प्रमुख लक्ष्य भनेकै नागरिकलाई शुद्ध, सफा र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो । तसर्थ, सोही लक्ष्यलाई आधार बनाएर पानी वितरण गर्न निर्देशित गर्दछु ।’
उनका अनुसार वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको मुख्य उद्देश्य नागरिकलाई शुद्ध र सुरक्षित पानी खुवाउनु हो ।