वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको खेलमा जनकपुर बोल्ट्सले जित हात परेको छ ।
जनकपुरले लुम्बिनी लायन्सलाई १ रनले पछि पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले एक सय ३७ रन बनायो ।
जवाफी ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा८ विकेट गुमाएर एक सय ३५ रनमा समेटियो ।
जनकपुर बोल्टसको यो लगातार चौथो जित हो ।