ट्रेन्डिङ

नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो

काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।

खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ । यस्तै भान्छेका लागि ४७ जना माग गरिएको छ भने कुचीकारका लागि ११ जना माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मङ्सिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै