बीरगन्ज । रेडियो बीरगन्जको प्राङगणमा वृहत रक्तदान सम्पन्न भएको छ । रेडियोको २२ औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा २२ महिलासहित २२१ जनाले रगतदान गरेका छन् । रक्तदान गर्नेहरुमा माधुरी महतो, रेणु चौधरी, बिभा गुप्ता, निर्जना भण्डारी, पुष्पा कुशवाहा, सुमित्रा घलान, सबिता लम्साल, ओमप्रकाश पाण्डे, सुमित कर्ण, राहुल साह, दीपक कुमार कुशवाहा लगायतका छन् ।

रेडियो बीरगन्ज ९९ मेगाहर्जका प्रबन्धक ध्रुव साहको अध्यक्षता एवम् बीरगन्जस्थित महाबाणिज्य दूतावासका दुत डि.एस. मिनाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश सांसद श्याम पटेल, नेताहरु नेजामुदिन समानी, ओमप्रकाश सरार्फ, बीरगन्ज युवा समाजका कमल चौगाँई,नेपाल रेडक्रस सोसाइटी बीरगन्जकी उपाध्यक्ष मधु राणा, अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साह लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी बीरगन्जका सौरभराज पाण्डे, मनिष गुप्ता, नितेश यादव, नमित चौरसिया लिलाधर साह तथा रेडक्रस रेशमकोठीका अभिलाष कुमार गुप्ता लगायतले प्राविधिक सहयोग गरेका थिए ।