बारा । बाराबाट १० जना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले एकैदिन १० जना प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत बाराबाट विभिन्न मुद्दामा सजाय पाइ फरार भएकाहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले बिहीवार जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–१८ का लालबाबु महतो धानुक, फेटा– ४ बतराका मुकेश मुखिया, निजगढ–९ का अमृत लामा, सिम्रौनगढ–११ का सन्तोष साह तेली , वडा नम्बर १० का वकिल प्रसाद यादव, करैयामाई–८ का नागेन्द्र पण्डित, गंजभवानिपुरका शोषनाथ प्रसाद साह तेली, बरियारपुरका रामायण चौधरीलगायतका छन् ।
पक्राउ परेका सबैलाई फैसला कार्यान्वयन लागी बारा जिल्ला अदालत कलैयामा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ ।