ट्रेन्डिङ

बाराको जितपुर बजारमा नापतौल शिविर सम्पन्न, भोली डुमरवानामा सामग्री जाँच गरिने

बारा । बाराको जितपुर बजारमा नापतौल शिविर सम्पन्न भएको छ ।

जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको समन्वयमा शिविर आयोजना गरिएको हो । नापतौल तथा गुणस्तर विभागको बीरगञ्ज कार्यालयका कर्मचारीहरुले जितपुरसिमराका व्यवसायीको नापतौल सामग्री परिक्षण तथा प्रमाणपत्र नवीकरण कार्यका लागि शिविर आयोजना गरेका हुन् ।

जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष गजेन्द्रकुमार गुप्ताका अनुसार मंगलवारदेखि तीन दिनसम्म शिविर चलेको थियो ।

उनका अनुसार बुधबार र बिहिबार सिमरास्थित आन्तरिक राजश्व कार्यालयसंगै रहेको उद्योग वाणिज्य संघको सेवा केन्द्रमा शिविर चलेको थियो । शुक्रबार (भोली) जीतपुरसिमरा १५ डुमरवानास्थित वडा कार्यालय र शनिवार (पर्सी) जीतपुरसिमरा २१ अमलेखगञ्जस्थित वडा कार्यालयमा नापतौल सामग्री जाँचका लागि घुम्ती शिविर सञ्चालन हुने उनको भनाइ छ ।

उपाध्यक्ष गुप्ताका अनुसार जीतपुरसिमराका व्यवसायीहरुलाई बीरगञ्जसम्म पुग्न झण्झटिलो तथा खर्चिलो हुने भएकाले सरल सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जीतपुर, सिमरा, डुमरवाना र अमलेखगञ्ज क्षेत्रका व्यवसायीहरुलाई शिविरमा सहभागी भई नापतौल सामग्री अद्यावधिक गर्न आग्रह गरे ।

नापतौल सामग्रीको अनुगमनका क्रममा हुने कारवाहीबाट बच्न समेत नापतौलका सामग्री अद्यावधिक आवश्यक रहेको भन्दै अध्यक्ष शर्माले शिवीरको फाइदा उठाउन उनको आग्रह छ ।

नापतौल सामग्रीको जाँच शिवीरमा उद्योग वाणिज्य संघले आफ्ना व्यवसायीको प्रमाणपत्र समेत संगै नविकरण गरिने संघका कोषाध्यक्ष रामबाबु कलवार बताउँछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै