ट्रेन्डिङ

उद्योगको लाइन नकाट्ने विद्युत् प्राधिकरणको निर्णय

काठमाण्डौँ । ट्रंक तथा डेडिकेटेड बापतको महसुल बक्यौता नतिरेका उद्योगको लाइन नकट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो ।

बुधवार दिउँसो बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावलाई पारित गरेको एक सदस्यले जानकारी दिए । मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई लेखेको पत्रमा टेकेर ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने प्रस्ताव गरेका थिए ।

बोर्डका दुई सदस्य कपिल आचार्य र भक्तबहादुर पुनले भने फरक मत राखेका थिए । यसअघि कार्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले टिओडी मिटरका आधारमा १५ दिनभित्र विद्युतको बक्यौता उठाउने निर्णय गरेको थियो ।

त्यसको दुई दिनपछि बसेको प्राधिकरणको बोर्ड बैठकले त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । १५ दिनको समय आज सकिँदै छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै