ट्रेन्डिङ

मधेश प्रदेशको विकासका लागि फाष्ट ट्रयाक र हुलाकी राजमार्ग आवश्यक छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशमा विकासको अनेकौँ सम्भावनाहरू भए पनि सही ढंगले सदुपयोग नभएको बताएका छन् ।

जनकपुरधाममा आज भएको एक कार्यक्रममा सोको व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको बताए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यशालामा मुख्यमन्त्री सिंहले प्रदेशको द्रुत आर्थिक विकासका लागि सञ्चालनमा रहेका राष्ट्रिय महत्वका योजनाहरूको निर्माणमा गति दिन आग्रह गरे ।

वर्षौसम्म योजनाहरू पूरा नहुँदा मुलुकको समग्र आर्थिक विकासमा नकारात्मक असर पारिरहेको उनको भनाइ छ ।
उनले मधेश प्रदेशलाई संघीय राजधानीसंग जोड्ने फाष्टट्रयाक र हुलाकी राजमार्ग समयमा नै निर्माण भएको खण्डमा वर्षेनी रुपमा अर्बौको डिजेल तथा पेट्रोलको खपतमा कमी हुने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले यस प्रदेशको आर्थिक विकासका लागि कृषि, पर्यटन तथा उद्योगको विकासका लागि ठोस नीति बनाउन आवश्यक भएको बताए ।

उनले मधेश प्रदेशको समृद्धि र विकासका लागि संघ, प्रदेश तथा स्थानीय तहका बीचमा नीतिगत सुधारका साथै कार्यगत सहकार्य जरुरी रहेको बताए ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्यहरु डा. शिला मिश्र, डा. राज कुमार सिंह, डा. रिना यादव लगायतले मधेश प्रदेशको समृद्धि तथा विकासका लागि क्षेत्रगत रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै