बारा । बारा प्रहरीले ८९ हजार मूल्यका सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । प्रहरीले ८९ हजार १६० रुपैँया बराबरका सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो ।
प्रहरी चौकी पथलैयाको टोलीले बा प्र ०१–००६ ख ५८८३ नम्बरको बसलाई रोकेर जाँच गरेको थियो । सोही क्रममा बसको डिक्कीभित्र लुकाइछिपाई राखिएको सामान बरामद गरेको थियो ।
बसमा लोड रहेका लेहेंगा, साडी, सुट तथा थानका कपडाको बिल शंकास्पद देखिएकोले पक्राउ गरी आवश्यक अनुसन्धानका लागि राजश्व कार्यालयको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।