ट्रेन्डिङ

बाराबाट दुइ जना फरार प्रतिवादी पक्राउ

बारा । बारा प्रहरीले दुइ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले लुकिछिपी बस्दै गरेको अवस्थामा दुइ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर २६ बस्ने छटु कुमार अहिर र महागढीमाई नगरपालिका वडा नम्बर ३ बस्ने अजय कुमार जयसवाल रहेका छन् ।

जिल्ला अदालत बाराबाट विभिन्न मुद्दामा दोषी ठहर भइ सजाय पाएका उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनीहरुमाथि जग्गा खिचलो तथा चेक अनादर सम्बन्धी शीर्षकमा जरिवाना तोकिएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि बारा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै