बीरगन्ज । वडा प्रहरी कार्यालय विर्ताले दुइ लाख मूल्यका चकलेट बरामद गरेको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोक एरियाबाट उक्त चकलेट बरामद गरेको हो ।
भन्सार छली ल्याउँदै गरेको अवस्थामा दुइ लाख ९ हजार मूल्यका चकलेट पक्राउ गरिएको विर्ताका इन्स्पेक्टर निरोज चौलागाईले बताए ।
बरामद चकलेट आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ ।