बीरगन्ज । ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालको स्वागत गरेको छ ।
मंगलबार आफ्नै कार्यालयमा स्वागत एवम् परिचात्मक कार्यक्रम आयोजना गरी केन्द्रले उनको स्वागत गरेको हो । लम्साल प्रहरी प्रधान कार्यालयबाट सरुवा भइ आएका हुन् ।
रुँगटा वेयल फेयर सोसाइटी बीरगन्जका अध्यक्ष सुरेश रुँगटा, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान लगायतले फूलको गुच्छा दिएर माला लगाइ प्रहरी नायब उपरीक्षक लम्साललाई पर्सा जिल्लामा स्वागत गरेका थिए ।
सो अवसरमा सुरक्षा निकाय, समाज सेवी, नागरिक समाज, संचारकर्मीहरु समेतको उपस्थिति रहेको थियो ।