ट्रेन्डिङ

बाराबाट चार जना फरार प्रतिवादी पक्राउ

बारा । बाराबाट प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लुकिछिपी बस्दै गरेको अवस्थाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विश्रामपुर–१ घोडासहान बस्ने नुरुल्लाह ठकुराई, सोही ठाउँका पशुराम कुशवाहा र बाजुलहक अन्सारी तथा महागढीमाई नगरपालिका वडा नम्बर २ निवासी पुष्कर कामर चौधरी रहेका छन् ।

जिल्ला अदालत बाराबाट सजाय पाइ फरार भएका उनीहरुलाई पक्राउ गरिएको बाराका डिएसपी प्रकाश सापकोटाले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुमाथि चेक अनादर मुद्दा शीर्षकमा जरिवाना तोकिएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै