बीरगन्ज । बीरगन्जका युवा नेता मुकेश द्विवेदी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।
एक कार्यक्रमका बिच सोमबार जसपाका उपमहासचिव एवम् खानेपानी मन्त्री प्रदीप यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
द्विवेदीसँगै जनमत पार्टी परित्याग गरि पार्टीका नेता कार्यकर्ताहरू जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन् ।
द्विवेदीसहित अन्य नवप्रवेशीहरुलाई मन्त्री यादव तथा जसपा केन्द्रिय सदस्य राजेशमान सिंहले टीका एवम् माला लगाई स्वागत गरेका छ ।
आज जसपा पार्टी प्रवेश गर्नेहरुमा जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज द्विवेदीसहित जिल्ला सचिव शशी पाण्डे, महानगर कमिटीका सचिव पवन साह कानु, जिल्ला सदस्य शशी भूषण शर्मा, छिपहरमाई गाउँपालिकाका पर्यवेक्षक राजु तिवारी र वीरगञ्ज महानगरपालिका– १ का ईकाइ सभापति चन्दन साह कानु लगायतका छन् ।