ट्रेन्डिङ

रौतहटको चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा ‘ट्रमा सेन्टर’ सञ्चालनमा

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा ‘ट्रमा सेन्टर’ सञ्चालनमा आएको छ । लायन्स अन्तर्राष्ट्रिय क्लबले उक्त अस्पताललाई डेढ करोड रुपियाँ बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेपछि ट्रमा सेन्टर सञ्चालनमा आएको हो ।

पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनामा परी घाइते र विपतमा परेका सबैले तत्कालै उपचार पाउन् भन्ने उद्देश्यका साथ अस्पतालमा यो सेवा सुचारु गरिएको हो ।

पूर्व–पश्चिम राजमार्गको बर्दिबासदेखि पथलैयासम्मका कुनै पनि स्थानमा ट्रमा सेन्टर छैन । जसका कारण सवारी दुर्घटनामा घाइते हुने यात्रीले तत्कालै उपचार पाउनबाट वञ्चित रहि ज्यानै गुमाउने जोखिम रहने गरेको छ ।

लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीका अनुसार राजमार्गसँग जोडिएको यस अस्पतालबाट सवारी दुर्घटनामा परी घाइते भएकाहरुले तत्काल उपचार पाउने विश्वास छ ।

क्लबले पोर्टेवल भेन्टिलेटर २ थान र पल्स अक्सिमिटर १० थान उपलब्ध गराएको जनाइएको छ ।

यसैगरी एनेस्थिया मेशिन, जेनरल र अर्थोपेडिक सर्जरी सेट, इसिजी र युएसजी मेशिन, एडल्ट र पेडियाट्रिक एम्बु ब्याग १०/१० थान लगायत एक करोड ५० लाख रुपियाँ बराबरको अन्य स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै