ट्रेन्डिङ

गढीमाई मेलाको शोभा बढाउन कलैयाका सडकमा ठड्याइयो नेपालको झण्डा

बारा । बाराको कलैया उपमहानगरपालिकाले बजार आसपासका सडकमा राष्ट्रिय झण्डा ठड्याएको छ । बरियारपुरस्थित गढीमाई मन्दिर लागेको पञ्चवर्षिय मेलालाई लक्षित गर्दै उपमहानगरपालिकाले राष्ट्रिय झण्डा ठड्याएको हो ।

बजारलाई सुन्दर तथा आकर्षक देखाउन र मेलाको शोभा थप बढाउनका लागि नेपालको झण्डा राखिएको नगरप्रमुख विनोद साहले बताए ।

उनका अनुसार मेलालाई लक्षित गर्दै कलैयाका अन्य सडक तथा गेटहरुलाई समेत सजाउने कार्य तीव्र रुपले भइरहेको छ ।

मंसिर एक गतेदेखि नै गढीमाई मन्दिरमा एक महिने मेला सुरु भएको छ ।

यद्यपी २४ र २४ गते मन्दिरमा विशेष पूजा हुने भएकाले भक्तजनहरु तथा मेला घुम्न आउनेहरुको अत्यधिक भिड लाग्ने गर्दछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै