ट्रेन्डिङ

मार्बल, एलवास्टर र ग्रेनाइटमा लगाइएको भन्सार र अन्तःशुल्क घट्यो

बीरगन्ज । मार्बल, एलवास्टर र ग्रेनाइटमा लगाइएको भन्सार र अन्तः शुल्क घटेको छ । सरकारले भन्सार र अन्तःशुल्क घटाएको हो ।

सरकारले उद्योगीको माग सम्बोधन गर्दै भन्सार र अन्तःशुल्क घटाएको हो ।

ढिक्का वा पाताका रूपमा आयताकार काटिएका मार्बल तथा एलवास्टरमा ३० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लगाउने काम यसअघिको सरकारले गरेको थियो । अहिले सरकारले भन्सार दरलाई १० प्रतिशतमा झारिदिएको छ भने अन्तःशुल्क शून्य प्रतिशत पारिएको छ ।

त्यस्तै, ढिक्का वा पाताका रूपमा आयताकार काटिएका ग्रेनाइटमा भन्सार २० प्रतिशत र अन्तःशुल्क २५ प्रतिशत लगाइएकोमा त्यसलाई घटाएर भन्सार १० प्रतिशतमा झारिएको छ भने अन्तःशुल्क शून्य पारिएको छ ।

त्यसअघि ढुंगाकै रूपमा आउने कच्चा मार्बल, ग्रेनाइट र तयारी मालमा समान भन्सार दर लागेका कारण उद्योगीहरू मारमा परेको गुनासो गर्दै आएका थिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै